भारतमा एकै दिन डेढ लाख कोरोना संक्रमित, ८३८ को मृत्यु

भारतमा कोरोना संक्रमणले हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । ओल्र्डओमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ३८ जनाले ज्यान गुमाएका छन् ।

भारतमा हिजो पुष्टि भएको संक्रमणदर कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । विगत एक सातायता भारतमा दैनिक रुपमा लगातार एक लाखभन्दा बढीलाई संक्रमण देखिएको छ । यसअघि अप्रिल ५ मा १ लाख ३ हजार ५ सय ५८, अप्रिल ७ मा १ लाख १५ हजार ७ सय ३६, अप्रिल ८ मा १ लाख २६ हजार ७ सय ८९ र अप्रिल ९ मा १ लाख ३१ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर र गुजरातमा संक्रमण तीव्र छ ।

aawash steels

त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण १० हजार ९ सय ३६ जनाले ज्यान गुमाएका छन् । यस बीचमा साढे ६ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको ओल्र्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै ब्राजिलमा २ हजार ५ सय ३५ जनाले ज्यान गुमाएका छन् । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

जातका आधारमा कोठा नदिएर पक्राउ घरबेटीको आज रिहा

असार ९, काठमाडौँ। जातका कारणले कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी बुधबार रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको…

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…