नयाँ कोरोना भाइरस पहिलो लहरको भन्दा बढी जोखिम देखिएको विज्ञको भनाइ

काठमाडौं, चैत्र २७ ।नेपालमा नयाँ भेरिएन्टका कोरोना भाइरस भित्रिएसँगै यसबाट हुने संक्रमण तथा मृत्युको दर पहिलो लहरमा भन्दा बढी हुने जोखिम देखिएको विज्ञले बताएका छन्।

संक्रामक रोग विज्ञ डा. अनुप सुवेदीले अघिल्लो पटकभन्दा यसपटक महामारी घातक हुने खतरा देखिएको जानकारी दिएका हुन्।

पहिलेभन्दा अहिलेको भाइरसबाट संक्रमण मात्र तीव्र नभई मृत्युदरसमेत बढ्ने केही कारण उनले औंल्याएका छन्।

aawash steels

डा. सुवेदी भन्छन् :

यसपटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारण :

super kinetic courier

१. नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।

२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ।

३. पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका अन्य दीर्घरोगी र अरूको पनि स्वास्थ्यमा धेरै सुधार भएको थियो। त्यसैले अघिल्लो उभारमा धेरैलाई कोभिड लाग्दा अरु बेलाभन्दा फोक्सो स्वस्थ अवस्थामा रहेको बेला लागेको थियो र त्यसले रोग थेग्न अपेक्षाकृत सजिलो भएको थियो होला।

४. अहिले स्थिति उल्टो छ। ऐतिहासिक वायु प्रदूषणले सबैको श्वासप्रश्वास प्रणालीको स्वास्थ्य बिग्रेको छ, अस्पतालमा श्वासप्रश्वासका समस्या लिएर आउनेको चाप निकै बढेको छ। श्वासप्रश्वासप्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागे दोहोरो समस्याको मार पर्ने देखिन्छ।

कोभिड र प्रदूषणबाट पनि बच्न सर्जिकल मास्क हैन, एन–९५ मास्क नै लगाउनुपर्छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…