विद्यालय बन्द गर्न मन्त्रालयले कुनै सिफारिस गरेको छैन: जागेश्वर गौतम

काठमाडौं, चैत्र २७ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विद्यालय बन्द गर्न मन्त्रालयले कुनै सिफारिस नगरेको बताएका छन्।

प्रवक्ता गौतमले युवा तथा बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालयय, फिल्म हल, पार्टी प्यालेस लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको समाचार सत्य नभएको बताए।

‘विद्यालय बन्द गर्न भनेर हामीले सिफारिस गरेका छैनौँ’, प्रवक्ता गौतमले भने, ‘भिड कम गरौँ भनेका हौँ।’

aawash steels

उनले स्वास्थ्य प्रोटोकल अनुसार २५ जनाभन्दा बढी भए भिडभाड मानिने भन्दै २५ भन्दा बढी विद्यार्थी हुने कक्षामा दुई सिफ्ट गरेर पढाउनु पर्ने बताए।

‘२५ जनाभन्दा बढी भिडभाड नगर्ने भनेको हो। २५ जनाभन्दा बढी विधार्थी भए आधा विधार्थी राखेर पढाउँन पर्यो। स्कुलमा अर्को सिफ्ट गराउँने, सेक्सन छुट्टाउने भनेका छौं’, प्रवक्ता गौतमले भने।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता, दुवै हर्षित

काठमाडौं, वैशाख ९ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ। काठमाडौंस्थित होटेल मेरियटमा डेढ घण्टा भएको छलफल…