शेरबहादुर देउवाले बोलाए आज तीन दलको बैठक

काठमाडौं, चैत्र २७ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका छन्। संसदमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को संयुक्त बैठकले राजनीतिको कोर्स परिवर्तन गर्न सक्ने केही नेताहरूले दाबी गरेका छन्।

संयुक्त छलफल गर्न तयार नरहेका देउवालाई त्यसमा राजी गराउने काम भने माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेको देउवा निकट एक नेताले दाबी गरे।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक देउवालाई भेटेर नयाँ सरकार गठनबारे निर्णय गर्न समय दिएपनि देउवाले भने आनाकानी गरिरहेका थिए।

aawash steels

उपाध्यक्ष श्रेष्ठले त्यसपछि देउवासँग निरन्तर छलफल गरेको देउवा निकट ती नेताले जनाए।

बिहीबार पनि बिहान ९ बजेदेखि झण्डै दुई घण्टा देउवा र श्रेष्ठबीच छलफल भएको थियो। देउवा भेट्न श्रेष्ठ उनकै निवास बुढानीलकण्ठ पुगेका थिए।

super kinetic courier

‘देउवा र श्रेष्ठबीच बिहीबार बिहान पनि छलफल भयो, समसामयिक राजनीतिक विषय, देशको पछिल्लो समस्या समाधान गर्ने विषयमा छलफल भएको हो’, देउवा निकट नेताले भने।

श्रेष्ठसँग देउवाले माओवादी केन्द्रसँग मिलेर जान नसक्ने बताएका थिए।

‘मिलेर जाने कुरामा सहमत भएपनि म प्रचण्डजीलाई विश्वास गर्न सक्तिनँ, उहाँले पटकपटक धोका दिनुभएको छ’, देउवाले श्रेष्ठसँग भने।

त्यसपछि श्रेष्ठले अब धोका नहुने ग्यारेन्टी आफुले गर्ने बताएका थिए।

‘माओवादी केन्द्रबाट कुनै समस्या आउन नदिने म प्रतिबद्धता जनाउन तयार छु’, देउवालाई श्रेष्ठको भनाइ उधृत गर्दै उनी निकट नेताले भने, ‘आवश्यक पर्‍यो भने कसरी सहमत गराउन पर्छ, भन्नुस्।’

त्यसपछि देउवाले श्रेष्ठको भनाइमा समर्थन जनाउँदै तत्काल बैठक बोलाउन आफु निकट नेताहरूलाई भनेका थिए।

श्रेष्ठको आग्रहपछि चुनावको तयारीमा रहेका देउवा त्यसमा पुनरविचार गर्न सकारात्मक बनेका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…