सावधानी नअपनाए जनजीवन ठप्प हुनसक्छ, बेसार पानी खानुहोला : प्रधानमन्त्री ओली

काठमाडौं, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउन सक्नेबारे सचेत गराएका छन् । उनले मास्क लगाउन, हात धुन, घर बाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । ‘हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ’, उनले भने ।

aawash steels

उनले कोभिड–१९ ले अन्य मुलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरे । अर्काे एक प्रसङ्गमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए । ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको दाबी गरे । पछिल्लो केहि दिनयता नेपालमा पनि कोरोनाका संक्रमित बढ्दै गएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयर माथि मुक्का प्रहार

बुटवल, असोज ४ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले…

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…