रेडियो नेपालको आजदेखि दोलखाबाट प्रसारण सुरु

दोलखा ,चैत २३  । रेडियो नेपालले दोलखा सदरमुकाम चरिकोटबाट प्रसारण सुरु गरेको छ । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार गृह जिल्ला दोलखामा रेडियो नेपालको औपचारिक उद्घाटन गर्नुभएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ६ चरिकोट स्थित सिमपानीमा एफएम रिले केन्द्र स्थापना गरिएको परीक्षण प्रसारणमा रहेको रेडियो नेपालको आजदेखि नियमित प्रसारण सुरु भएको हो । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सही सूचनाबाट देशभरिका श्रोता सुसूचित हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

एफएम ब्यान्डमा रेडियो नेपालको प्रसारण पहुँच बढाउन एफएम रिले केन्द्रबाट १०० मेगाहर्जमा रेडियो नेपालको प्रसारण सुरु गरिएको रेडियो नेपालका इन्जिनियर कृष्णचन्द्र पौड्यालले जानकारी दिनुभयो ।
प्रसारणबाट दोलखाका साथै आसपासका अन्य क्षेत्रमा समेत रेडियो नेपाल एफएम ब्यान्डमा सुनिने भएको उहाँले बताउनुभयो ।

aawash steels

विसं २०५२ सालमा नेपालमा नै पहिलो एफएम प्रसारण गर्न सफल रेडियो नेपालले चैत पहिलो सातादेखि चरीकोटबाट थप एफएम रिले प्रसारण शुरु गरेको हो । दोलखासँगै हालसम्म रेडियो नेपालको एफएम रिले स्टेशनको सङ्ख्या २४ पुगेको छ । अन्य छ मिडियम वेभ स्टेशन र अनलाइनबाट केन्द्रीय तथा प्रदेशिक प्रसारण अलग–अलल सुन्न सकिने व्यवस्था रहेको जनाइएको छ।
रेडियो नेपालको प्रसारण देशका हरेक भूभागमा सहज रुपमा सुन्न सक्ने गरी प्रसारण पहुँच बढाउने सरकारको नीति अनुसार आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि रेडियो नेपालको एफएम प्रसारण विस्तार गरिँदै लगिने रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बताउनुभयो ।

रेडियो नेपाल २००७ साल चैत २० गते प्रजातन्त्रको स्थापनाको पहिलो सन्देश बोकेर २५० वाटको सर्टवेभ ट्रान्समिटरबाट प्रसारण प्रारम्भ गरिएको थियो ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…