भारतमा २४ घण्टामा थपिए एक लाखभन्दा बढी कोरोना संक्रमित

काठमाडौ, चैत्र २३ ।भारतमा गएको २४ घण्टामा एक लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

भारतमा पहिलोपटक एकैदिन एक लाखको संख्यामा कोरोना संक्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयको जानकारी अनुसार गएको २४ घण्टामा भारतमा १ लाख ३ हजार ५५८ कोरोना संक्रमित थपिएका हुन्। सोही अवधिमा काेराेनाका कारण ४७८ जनाको मृत्यु भयाे।

aawash steels

यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजारभन्दा बढी पुगेको छ। कोरोनाले यहाँ १ लाख ६५ हजारभन्दा बढीको ज्यान लिइसकेको छ।

जनवरी १६ देखि भारतमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो। ७ करोडभन्दा बढीमा खोप लगाइसकिएको छ।

खोपले कोरोना नियन्त्रण गर्छ भन्ने अनुमानका बिच भारतमा कोरोनाको अवस्था भने भयावह बन्दै गएको छ।

संक्रमितको पछिल्लो तथ्यांक हेर्दा भारत अहिले कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। अन्य देशको तुलनामा यहाँ दोब्बर, तेब्बरले संक्रमित थपिरहेका हुन्।

भारतमा तीव्र गतिमा कोरोना संक्रमित थपिँदा महाराष्ट्रमा कडा लकडाउनको नियम लागू भइसकेको छ।

भारत सरकारका अनुसार कुल संक्रमितमध्ये ७६ प्रतिशत संक्रमित महाराष्ट्र, छत्तीसगढ, कर्नाटक र पन्जाव राज्यमा छन्l

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…