आज बिहान काठमाडौंमा एक्कासि चिसो बढेको महसुस

काठमाडौं, चैत्र २३ ।आज (सोमबार) बिहान काठमाडौं उपत्यकामा एक्कासि चिसो बढेको महसुस भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार तुवाँलो लागेका कारण चिसो बढेको हो।

‘अहिले वायु मण्डल स्थिर भएको छ,’ मौसमविद् अर्यालले सोमबार बिहान भने, ‘जसले गर्दा बिहानै पनि तुवाँलोजस्तो देखिएको छ, दुई तीन दिनसम्म यस्तै अवस्था रहने देखिन्छ।’

aawash steels

उनका अनुसार सापेक्षिक आर्द्रता एकदमै कम हुनुलाई तुवाँलो भनिने हो। अहिले बिहानै भए पनि तुवाँलोजस्तै देखिएको उनको भनाइ छ।

मौसमविद् अर्यालयका अनुसार बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस छ तर पनि मौसम सुक्खा भएका कारण चिसो बढेको हो।

super kinetic courier

चैत महिनामा हुनुपर्ने गड्याङगुडुङ, हावाहारी र वर्षा नहुँदा उपत्यकाजस्ता देशका अन्य स्थानमा पनि तुवाँलो लाग्ने अवस्था आएको र यसबाट वायु प्रदूषण बढेको उनले बताए।

‘वायु प्रदूषणबारे त वातावरण विभागलेले भन्ला, तर पनि वायु प्रदूषण बढेको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने।

दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने अवस्था नदेखिएको मौसमविद् अर्यालको अनुमान छ।

‘कुनै ठूलै मौसम प्रणाली आयो र वर्षा भयो भने यसमा सुधार होला, नत्र दुई तीन दिन मौसम यस्तै रहने देखिन्छ,’ उनले भने।

केही दिनयता देशभर वायु प्रदूषण बढेकाले सजगता अपनाउन यसअघि नै स्वास्थ्य मन्त्रालय, वातावरण विभागलगायत विज्ञले सुझाव दिइसकेका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…