एसिड खरिद–बिक्री गर्न अब गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने

काठमाडौं, २३ चैत । सरकारले एसिड खरिद–विक्रीमा कडाइ गरेको छ । अब एसिड (तेजाब) किन्न सरकारको स्वीकृति लिनुपर्ने भएको छ । एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको हो ।

एसिड खरिद गर्न चाहने उद्योगी–व्यवसायीले खरिदको उद्देश्य र आफूलाई चाहिएको मात्रा उल्लेख गरी गृह मन्त्रालयमा निवेदन दिनु पर्नेछ । मन्त्रालयले आइतबार जरुरी सूचना जारी गरी एसिड खरिद–बिक्रीमा कडा प्रावधान राखिएको जानकारी दिएको हो ।
कानुन बमोजिम दर्ता वा इजाजत प्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्नुपरे मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ ।

aawash steels

यसअघि जो कोहीले सजिलै एसिड खरिद–बिक्री गर्न सक्थे । जसले गर्दा महिलालाई एसिड आक्रमण हुने क्रम बढेको भन्दै सरकारले गत असोज १२ गते एसिड तथा घातक रसायनिक पदार्थ नियन्त्रणसम्बन्धी अध्यादेश जारी गरी सोहीबमोजिम एक हप्ताअघि नियमावली बनाएको हो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…