बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

बर्दिया, चैत २३ । बर्दियामा बाघको आक्रमणमा परेर एक जना गैंडा गणकको ज्यान गएको छ । आइतबार बेलुका पौने ६ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका–९ गैंडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेका गैंगा गणनाका लागि गएका एक कर्मचारीको बाघको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार निकुञ्जमा कार्यरत ३५ वर्षका पुलीसराम थारुको बाघको आक्रमणमा परेर मृत्यु भएको हो । पुलीसराम हात्तीलाई घाँस लिन झरेको बेलामा बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । बाघले झम्टिएर उनलाई करिब २ सय मिटर टाढा लगेको थियो । उनी विगत ९ वर्षदेखि हात्तीसारमा कार्यरत थिए । आफूसँगै गएका पुलीसरामलाई बाघले झम्टिएपछि असिम चौधरीले निकुञ्जमा जानकारी गराएका थिए ।

aawash steels

पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत थिए । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसहरुलाई आक्रमण गर्ने घटना पनि बढेको छ । नरभक्षी बाघलाई नियन्त्रणमा लिएर खोरमा थुन्ने कामलाई पनि निकुञ्जले जारी राखेको छ । यसअघि मानिसलाई आक्रमण गर्ने एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि सो बाघ खोरबाट भागेको थियो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रदेश १ का मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ

काठमाडौं , वैशाख ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ परेकी छिन् । उनलाई आज थापाथलीस्थित नेकपा (एमाले)को नयाँ…

बिहीवार थप २३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

९ वैशाख, काठमाडौं : हाल नेपालमा दिनप्रतिदिन कोरोना ग्राफ बढिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।…

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…