सुदूरपश्चिममा भारतबाट आएका तीन जनामा भेरिएन्ट कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत्र २२ ।सुदूरपश्चिममा भारतबाट आएका तीन जनामा नयाँ ‘भेरिएन्ट’ (प्रकार) को कोरोना संक्रमण पुष्टि भएको छ।

कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले ती तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखाएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।

aawash steels

‘अहिलेको कोरोनाभन्दा फरक किसिमको कोरोना संक्रमण देखापरेको हो। भारतमा अहिले चार किसिमको कोरोना देखिएको छ,’ उनले भने, ‘अहिलेको भन्दा फरक कोरोना पुष्टि भएको छ। तर कुन प्रकारको हो भन्ने थाहा भइसकेको छैन। त्यो परीक्षणका लागि स्वाब विदेश पठाउनुपर्ने हुन्छ।’

उनका अनुसार केही दिनअगाडि कैलालीको त्रिनगर नाका भएर भारतबाट आएका २० जनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनीहरूमा देखापरेको कोरोना संक्रमण कुन भेरिएन्ट हो भनी परीक्षण गर्न स्वाब काठमाडौं पठाइएको थियो। संक्रमित अहिले होम आइसोलेसनमा बसेका छन्।

super kinetic courier

संक्रमितमध्ये दुई जना भारतको पन्जाब र एक जना सुरतबाट आएका हुन्।

अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेको छ। भारतका केही सहरमा लकडाउन गरिएकाले नेपाली नागरिक धमाधम घर फर्किरहेका छन्। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पनि बढ्दो छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…