
काठमाडौं, चैत्र २१ ।अस्ट्रेलियाको समुद्रमा पौडी खेल्न खोज्ने एक व्यक्तिलाई समुद्री जीव अक्टोपसले आक्रमण गरेको छ।
अक्टुपसले आफूलाई पिटेको भूवैज्ञानिक ल्यान्स कार्लसनले बताएका हुन्।
उनले समुद्री तटको एउटा भिडिओ पनि सार्वजनिक गरेका छन्। जहाँ उनी पौडी खेल्न खोज्दा अक्टोपसले चेतावनी दिएको देख्न सकिन्छ।
अक्टोपसले कार्लसनको हात तथा घाँटीमा उसका हातले हिर्काएको सेभेनन्युजले जनाएको छ।
सार्वजनिक भएका फोटोमा कार्लसनको घाँटीमा अक्टोपसले हिर्काएको दाग देख्न सकिन्छ।
अक्टोपसले पानीले समेत आक्रमण गरेको बताइएको छ।
Video shows the moment an octopus lashed out at a beachgoer in Australia, leaving him with marks on his neck and arms. pic.twitter.com/We4jpdF6SO
— CBS News (@CBSNews) April 1, 2021