अहिलेको सरकार परिवर्तनको मुख्य खेलाडी जसपा:विष्णु रिजाल

काठमाडौं, चैत्र २१ ।नेकपा एमालेका नेता विष्णु रिजालले अहिलेको सरकार परिवर्तनको मुख्य खेलाडी नेपाली कांग्रेस नभएर जनता समाजवादी पार्टी भएको बताएका छन्।

शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रिजालले ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न प्रयास मात्रै भएको बताए।

उनले सरकार परिवर्तनको बल जसपासँग रहेको र जसपा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन संवादका कारण काग्रेसको प्रयत्न सफल नहुने जिकिर गरे।

aawash steels

उनले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने र कांग्रेसले बहुमत पु¥याएर अविश्वासको प्रस्ताव ल्याउन नसक्ने भन्दै यी दुवै प्रयत्न सफल नभएसम्म सरकार परिवर्तनको गुञ्जायस नै नभएको बताए।

‘प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने’ नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दवाव मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही होइन। किनभने, अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन । बल जनता समाजवादी पार्टीसँग छ र जसपा चाहिं प्रधानमन्त्रीसँग सघन सम्वादमा छ । त्यसैले जसपासँग बलमा भइरहेको बेला कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन’, रिजालले फेसबुकमा लेखेका छन्, ‘ फेरि त्यही प्रश्न आउँछः माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने वेलासम्म सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ?’

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…