मेलम्चीको पानी ल्याएको समाचार मिडियाले शीर्ष पृष्ठमा नछापेको भन्दै प्रधानमन्त्रीद्वारा आक्रोश व्यक्त

काठमाडौं, चैत्र २१ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी ल्याएको समाचार शीर्ष पृष्ठमा नछापेको भन्दै मिडियामाथि आक्रोश व्यक्त गरेका छन्।

शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिडियाले मेलम्चीको पानी काठमाडौँ ल्याउने ऐतिहासिक कार्यलाई छाडेर प्रधानमन्त्रीको राजीनालाई मुख्य विषय बनाएको आरोप लगाएका हुन्।

‘आफूलाई स्थापित, राष्ट्रको सबभन्दा ठूलो, बहुत लोकप्रिय, बढी बिक्ने, भन्न अखबारले काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन्। अनि प्रधानमन्त्रीको राजीनामा मागियो  भनेर हेडलाइन बनाउँछन्’, पत्रिकाको नाम नलिइकनै प्रधानमन्त्री ओलीले भने, ‘‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त। मागैपिच्छ म कसरी दिनसक्छु? एउटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दैन, माग्या छ माग्या छ। ए बाबा, हटाउ न त। समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’

aawash steels

उनले दिनैपिच्छे आफ्नो राजीनामा भागिएको समाचार अखबारले छापे पनि मेलम्चीको पानी आएको थाहा पाउँदैनन्।

‘मेलम्चीको पानी काठमाडौँमा आए, हिजो सम्माननीय राष्ट्रपतिबाट साढे ८ करोड लिटर पानी वितरण भो। अब १७ करोड लिटरमा हामी पु¥याउँछौँ’, उनले भने , ‘त्यसपछि दोस्रो चरणको याङग्री र लार्केको पनी हामी तीन वर्षभित्र ल्याउने गरी काममा ल्याछौँ। यो खबर बनेन। बन्दैन। यस्तो छ पत्रकारीता’

super kinetic courier

उनले मिडियाले मामुली कुरा उचाल्ने ठूला विषयलाई समचार नबनाउने गरेको आरोप लगाए।

‘काठमाडौँमै उसको संवाददाता छैन, राष्ट्रपति प्रधानमन्त्री गएको ठाउँमा उसको संवाददाता पुग्दैन। लाइभ देखाएको हेर्न भ्याउने रिपोटर छैन’, उनले भने, ‘कस्तो राष्ट्रिय प्रत्रिका होला?’

उनले मेलम्ची काठमाडौँमा आउने कुरा र टनेलबाट काकाकुल काठमाडौँमा पानी ल्याउने कुरा ठूलो भएको बताए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…