प्रधानमन्त्रीले बालुवाटारबाटै गरे एकैपल्ट १६५ सडकको शिलान्यास

काठमाडौं, चैत २१। प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपल्ट १६५ सडकको शिलान्यास गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा ओलीले १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारबाटै १६५ वटा सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गरेका हुन् । हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने किसिमका रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताए ।

aawash steels

त्यस्तै शनिबार शिलान्यास गरिएका सडकको कुल लम्बाई २ हजार २१० किलोमिटर रहेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने बताए । शिलान्यास कार्यक्रममा मन्त्रीहरु तथा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय सभा सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…