लक्षण नदेखिएका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टी

काठमाडौं, चैत्र २१ ।अहिले भारतमा फैलिएको कोरोना संक्रमण अधिकांश लक्षणविहीन पाइएको छ।

एउटा अध्ययनअनुसार गत फेब्रुअरी १० देखि मार्च २० सम्म मुम्बईमा देखिएका ८५ हजार संक्रमितमध्ये ६९ हजार ५ सय जना लक्षणविहीन  अर्थात् एसिम्प्टोमाटिक भएको तथा अस्पतालमा गएकामध्ये ८ हजार व्यक्तिमा हल्का लक्षण मात्र देखिएका थिए।

भारतमा देखिएको कोरोना दोस्रो लहरको मृत्युदर ०.६ प्रतिशत मात्र छ।

aawash steels

हाल नेपालमा पनि अन्य रिपोर्टका लागि तथा सर्जरी वा ब्लड ट्रान्सफ्युजन गर्दा लक्षण नदेखिएका व्यक्तिमा पीसीआर पोजिटिभ देखिएको छ।

अहिले मौसम परिवर्तन तथा प्रदूषणका कारण रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन्। व्यक्तिगत तवरमा तथा सरकारले पीसीआर परीक्षण बढाउने हो भने संक्रमितको संख्या बढ्ने देखिन्छ।

super kinetic courier

लक्षणविहीन संक्रमणले संक्रमितलाई कम असर गर्ने तथा अर्को व्यक्तिमा सर्ने दर कम हुने भए पनि जोखिम वर्गमा संक्रमण प्रवेश गर्यो भने खतरा बढ्ने देखिन्छ।

भारतमा संक्रमण भयावह रूपमा बढ्ने आँकडासँगै नेपाल आउनेको संख्या बढिरहेको छ।

तसर्थ सरकारले सीमानाकामा कडाइ गर्ने, परीक्षण अनिवार्य गर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने, लक्षण देखिएका तथा पीसीआर नेगेटिभ भएका व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, समुदायमा परीक्षण गर्ने, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउने, उपचारको तयारी गर्ने, जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने तथा खोप आयातलाई प्राथमिकता दिन जरुरी छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…