कैलालीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली, चैत्र २१ ।कैलालीको जानकी गाउँपालिका-६ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

जानकी गाउँपालिकास्थित जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जनाएको छ।

प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए।

aawash steels

चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। पछिल्लो समय कैलालीमा वन जङ्गल र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ।

लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउछन्।

‘जङ्गली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक छ, वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ । जसले मानिस नै जोखिममा पर्न थालेका छन्,’ उनले भने।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…