जडीबुटीमा आज बिहान कार दुर्घटना, एकको मृत्युु

काठमाडौं, चैत्र २० ।काठमाडौंको कोटेश्वरनजिक जडीबुटीमा आज (शुक्रबार) बिहान कार दुर्घटना हुँदा त्यसमा सवार एक यात्रुको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान सवा ७ बजेतिर बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किएको हो।

दुर्घटनामा कारमा सवार २१ वर्षीय जितम गुभाजुको मृत्यु भएको हो। कार चालक २१ वर्षकै वीरेन्द्र श्रेष्ठ भने सामान्य घाइते भएका छन्।

aawash steels

पेप्सीकोलाबाट जडीबुटी चोकतर्फ तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल लगिएको छ भने दुर्घटनामा परेको कार काँडाघारीस्थित महानगरीय प्रहरी प्रभागको नियन्त्रणमा छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…