काठमाडौंमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, चैत्र २० ।काठमाडौंमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय कृष मगर र ११ वर्षीय प्रशान्त सुनुवारको मृत्यु भएको हो।

सिंचाइका लागि बनाएको पोखरीमा उनीहरू डुबेका हुन्। प्रहरीको विपद्  व्ययवसथापन र कीर्तिपुर प्रहरी वृत्तबाट खटिएका उद्धार टोलीले झन्डै १५ फिट गहिरो पोखरीबाट बालकको शव निकालेका थिए।

aawash steels

बिहीबार साथीहरूसँग पौडी खेल्न गएका उनीहरू पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

पोस्टमार्टमका लागि दुवै शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता, दुवै हर्षित

काठमाडौं, वैशाख ९ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ। काठमाडौंस्थित होटेल मेरियटमा डेढ घण्टा भएको छलफल…