मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकार स्तरोन्नतीको तयारी

काठमाडौं, चैत्र १९ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकार स्तरोन्नतीको लागि तयारी गरिएको छ।

विगत २३ वर्षदेखि सञ्चालित केबलकारको मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नती गर्दै जाने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रथम चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरु फेरिने छ।

aawash steels

यस्तै, दोस्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जाहरु फेर्ने र अन्तिम चणमा हाल ‘एनालग सिस्टम’ बाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केबल लठ्ठा फेरबदल गर्ने, कम्युनिकट केबललाई ‘सेट्रा’ मा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरणा गरी हाल विद्यमान प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ।

उपरोक्त तीन चरणममा कार्य गर्न करीब दुई वर्ष लाग्ने र आगामी पच्चिसौँ वार्षिक उत्सवमा नयाँ प्रविधिबाट सञ्चालन हुन जाने जानकारी गराइएको छ।

super kinetic courier

उपरोक्त कार्य गर्दा नियमित मर्मत, सम्भार अलावा उपरोक्त कार्यको लागि पटक पटक सेवा अवरूद्ध हुन जाने यात्रु तथा भक्तजनलाई जानकारी गराइएको छ। सो अवधि भर अवरुद्ध हुने समय अलावा केवलकार सेवा यथावत सञ्चालन हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…