प्रचण्डले दिएको पुनरवलोकन निवेदन प्रधानन्यायाधीशसहितको बेन्चमा पेसी तोकियो

काठमाडौं, चैत्र १९ ।नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्ने फैसलाविरुद्ध पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरवलोकन निवेदन प्रधानन्यायाधीशसहितको बेन्चमा पेसी तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज (बिहीबार) का लागि दोस्रो नम्बरमा पेसी तोकिएको हो।

इजलासले आजै मुद्दा पुनरवलोकनमा लैजाने वा नलैजाने भन्ने निर्णय गर्नेछ। पुनरवलोकन गर्न आवश्यक ठाने बिहीबार नै निस्सा दिनेछ।

aawash steels

निसा दिएमा मात्र यो मुद्दामा पुनः बहस हुनेछ र अदालतले अर्को आदेश दिनेछ। निस्सा नदिएमा भने यसअघिकै फैसला सदर हुनेछ।

आफ्नो नेकपाले मान्यता पाउनुपर्ने माग राखी ऋषि कट्टेलले २ वर्षअघि दिएको मुद्दा गत फागुन २३ गते उनकै पक्षमा फैसला गर्दै पछि दर्ता नेकपा खारेज तथा यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम गरिदिएको हो।

यसैमा चित्त नबुझेर तत्कालीन नेकपाका एक जना अध्यक्ष एवं अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार फैसला पुनरवलोकन माग गर्दै निवेदन दिएका हुन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…