ओलीका सल्लाहकार सूर्य थापालेे गरे नेपाल पक्षको प्रशंसा

काठमाडौं, चैत्र १९ ।नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सम्भवतः पहिलोपटक माधवकुमार नेपाल पक्षको प्रशंसा गरेका छन्।

नेपाल पक्षका सांसदले प्रदेश नं १ र बागमतीका मुख्यमन्त्रीविरुद्धका अविश्वास प्रस्ताव फिर्ता लिएपछि ओली कित्ताका एमाले केन्द्रीय सदस्य थापा खुसी भएका हुन्।

अविश्वास प्रस्ताव फिर्ताले पार्टी एकता र राजनीतिक स्थिरताका लागि सकारात्मक भूमिका खेल्ने उनको विश्वास छ।

aawash steels

‘प्रदेश १ र बागमतीका मुख्यमन्त्रीविरुद्ध ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत हो,’ बिहीबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘हिजो जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियो सरकार पक्षका यी कदम सही छन्।’

उनको आग्रह छ, ‘कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य छ।’

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…