महोत्तरीमा घाँस काट्न जाँदा बेपत्ता दुई बालिकासहित सात किशोरी भारतमा भेटिए

महोत्तरी, १८ चैत । महोत्तरी भंगाह–८, धरमपुरमा घाँस काट्न जाँदा बेपत्ता दुई बालिकासहित सात किशोरी भारतको सीतामढीमा भेटिएका छन् ।

उनीहरू भारतको सीतामढीमा फेला परेको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले जानकारी दिएका छन् । अहिले उनीहरूलाई त्यहाँको रेलवे–स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको उनले बताए ।

aawash steels

मंगलबार दिउँसो घाँस काट्न गएका बेला सम्पर्कविहीन बनेका स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान भारतमा भेटिएका हुन् । सीतामढी प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।

सीतामढी प्रहरीका अनुसार ती बालिका÷किशोरीले आफूहरू गायिका बन्न आएको बताएका छन् । साथमा अन्य कोही नभेटिएकाले उनीहरूलाई बेच्न लगिएको भन्न नसकिने सीतामढी प्रहरीको तर्क छ । तर घटनाबारे अनुसन्धान गरेर नेपाल प्रहरी तथा सम्बन्धित परिवारलाई उनीहरू जिम्मा लगाउने प्रक्रिया चलिरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…