बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काममा ढिलाइ :दुई वर्ष बितिसक्दा जम्मा चार प्रतिशत काम

बुटवल, चैत १८। निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । साढे तीन वर्षभित्रमा बनाइसक्नुपर्ने उक्त सडक दुई वर्ष बितिसक्दा पनि जम्मा चार प्रतिशत काम सकिएको छ ।

चाइना स्टेट इन्जिनियरिङ कम्पनीले सडक निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौता भएर २०७५ चैत ८ देखि निर्माण सुरु भएको आयोजनाको काम दुई वर्ष बित्दा चार प्रतिशत मात्रै सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

aawash steels

यसअघि रोकिएको रुख काट्ने काम भने सुरु भएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख काट्न सुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुख काट्ने काम सकिएको भए पनि कानुनी अड्चनका कारण मध्यवर्ती क्षेत्र मा पर्ने रुख काट्ने काम हुन सके को थिएन ।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तार का लागि आवश्यक पर्ने रुख काट्न सुरु गरिएको नारायणगढ–बुटवल सडक सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

सो सडकखण्डको कावासोतीबाट गौडाकोटको थुम्सीसम्मको सडकको दक्षिणतर्फ रहेका वन मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रुख काट्ने काम प्रभावित हुँदै आएको थियो । अनुमति पाएपछि अहिले केही दिन अगाडिदेखि थुम्सी तथा कावासोतीको जङ्गलमा रुख काट्ने काम भइरहेको उनले जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…