ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेकोमा एक व्यक्ति पक्राउ

काठमाडौं, चैत्र १७ ।ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक सहित खटिएको प्रहरीले ज.१२ प ५०१४ नम्बरको मोटरसाइकललाई हेलमेट नलगाएको कारण उनलाई रोक्न खोजेको थियो।

तर मोटरसाइकल नरोकी ट्राफिक प्रहरी जवानलाई सामान्य ठक्कर दिई जनकपुरतर्फ फरार भएपछि प्रहरीले पछ्याउँदै सोही नगरपालिका हरैया चोकमा उक्त मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको थियो।

aawash steels

मोटरसाइकललाई कार्यालयतर्फ ल्याउने क्रममा मोटरसाइकलमा सवार सन्तोषले प्रहरीमाथि अचानक खाली बियरको बोतलले प्रहार गर्दा २ जना प्रहरी कर्मचारी घाइते भएको र महेन्द्रनगर हेल्थकेयरमा उपचार पश्चात उनीहरू डिस्चार्ज भएका छन्।

हाल फरार रहेका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रदेश १ का मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ

काठमाडौं , वैशाख ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ परेकी छिन् । उनलाई आज थापाथलीस्थित नेकपा (एमाले)को नयाँ…

बिहीवार थप २३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

९ वैशाख, काठमाडौं : हाल नेपालमा दिनप्रतिदिन कोरोना ग्राफ बढिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।…

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…