माधवकुमार नेपालले अन्य कम्युनिस्ट पार्टीका नेतासँगको भेटवार्तालाई तीव्र पारे

काठमाडौं, चैत्र १७ ।पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग कडा टक्कर परिरहेका बेला एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्य कम्युनिस्ट पार्टीका नेतासँगको भेटवार्तालाई तीव्र पारेका छन्।

आफूलाई पार्टीबाट निलम्बन गरेको निर्णय सार्वजनिक गर्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका नेता नेपालले त्यही दिन अन्य २ कम्युनिस्ट पार्टीका प्रमुखसँग गोप्य छलफल गरेको खुलासा भएको छ।

स्रोतका अनुसार नेता नेपालले सोमबार आफूलाई निलम्बन गरिएको पत्र सार्वजनिक गरिनुअघि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसँग भेटवार्ता गरेका हुन्। कोटेश्वर क्षेत्रमा करिब २ घण्टा भएको भेटवार्तामा भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ।

aawash steels

बृहत् कम्युनिस्ट ध्रुवीकरणका लागि नेता नेपालले कम्युनिस्ट घटकहरूसँगको छलफललाई तीव्र बनाएको स्रोतको भनाइ छ।

सोमबारै नेता नेपालले व्यवसायी टपिन्द्र तिमिल्सिनाको घरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको थिए।

त्यसलगत्तैजसो नेताद्वय नेपाल र रावललाई अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाटै निलम्बन गरिएको घोषणा गरेका हुन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…