काठमाडौं उपत्यकाको घातक प्रदूषणबाट बच्न डा. रवीन्द्र पाण्डेको १७ सुझाव

प्रदुषण

काठमाडौं, चैत्र १७ ।विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये काठमाडौं अहिले पहिलो नम्बरमा परेको छ। केही दिनयता उपत्यकाको वायु निकै घातक देखिएको विज्ञले बताएका छन्। वायु प्रदूषणकै कारण सरकारले शनिबारसम्मका लागि सबै विद्यालय बन्द गराएको छ।

यसै सन्दर्भमा काठमाडौं उपत्यकाको घातक प्रदूषणको असर कम पार्न के गर्न सकिन्छ भन्ने विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले १७ सुझाव दिएका छन्–

विश्वको नम्बर १ प्रदूषित काठमाडौंमा अहिले देखिएको घातक प्रभाव कम गर्नका लागि सरकार तथा नागरिकले होस्टेमा हैंसे गरौँ।

aawash steels

–कुनै पनि वस्तु जलाउने काम बन्द गरौँ

–ग्यासको प्रयोग कम गरौँ

–प्रयोग नभएको बेला विद्युत् बन्द गरौँ

–एसीको साटो पंखा प्रयोग गरौँ

–सबैले सवारीसाधन सकभर प्रयोग घटाऔं

–दाउरा, गुइँठा आदि नबालौं

–बार्बिक्युलगायत धुवाँ आउने काम नगरौं

–स्कुलरकलेज १ हप्ता बन्द गरौँ

–यातायातमा जोरबिजोर प्रणाली लागू गरौं

–प्लास्टिक कडाइका साथ नियन्त्रण गरौँ

–बगैंचा आदिमा ब्लोअरलगायतका ग्यास पाउडर प्रयोग नगरौं

–अत्यावश्यक काम बाहेक घरमै बसौं

–दीर्घबिरामी तथा ज्येष्ठ नागरिक अनिवार्य रूपमा घरभित्र बसौं

–घरबाहिर जाँदा डबल मास्क प्रयोग गरौँ

–चुरोटरहुक्का सेवन नगरौं

–ग्यास स्टोभको प्रयोग नगरौं

–कुनै एलर्जी देखिएमा (आँखा चिलाउने/पोल्ने, छालामा चिलाउने, सास फेर्न गाह्रो हुने भएमा) नजिकको स्वास्थ्य संस्थामा जाऔं

यो प्रदूषण केही दिन रहन्छ। प्रदूषित हावामा भएका माइक्रो पार्टिकल फोक्सो तथा रक्ताप्रवाहमा जान सक्छन्। जसले गर्दा केही समयपछि गम्भीर असर देखिन सक्छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…