
काठमाडौं, चैत्र १६ ।दशरथ रंगशालामा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ।
नेपालका लागि सन्जोग राईले १८औँ मिनेटमा पहिलो गोल गरेका हुन्।
सुनिल बलको कर्नर किक बंगलादेशी खेलाडीले क्लियर गर्न नसक्दा सन्जोगको खुट्टामा बल पुगेको थियो। उनले सोही बल बंगलादेशी खेलाडीलाई छक्याउँदै गोल गरेका हुन्।
यो नेपालको आठौँ खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल हो। यसअघिका ७ खेलमा नेपाल गोलरहित थियो।