शिक्षा मन्त्रालयले वायु प्रदूषण बढेपछि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय

काठमाडौं, चैत्र १६ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभर वायु प्रदूषण बढेपछि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले मन्त्रालयले उक्त निर्णयबारे प्रेस विज्ञप्ति जारी गर्ने तयारी भइरहेको नेपालखबरलाई जानकारी दिए।

अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए।

aawash steels

वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकासहित देशभर गत शुक्रबारदेखि मौसम प्रतिकूल बनिरहेको छ।

धूवाँ, धूलाे मिश्रित तुवाँलाेले काठमाडाैंसहित देशैभरकाे आकाश धुम्म बनेकाे छ। सरकारले  वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले माैसममा सुधार नभएसम्म घरबाहिर अत्यावश्यक कामबाहेक ननिस्कन भनेकाे छ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…