मेलम्चीको खानेपानी काठमाडौं पुुुुगेपछि डा. बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

काठमाडौं, चैत्र १६ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भए पनि अझै १७ वटा राष्ट्रिय गौरवका आयोजनाको काम अधुरै रहेको स्मरण गराएका छन्।

मेलम्चीको पानी काठमाडौं ल्याउन ५० वर्ष लागेको भनेर जनस्तरबाट नेतृत्वको आलोचना भइरहँदा पूर्व प्रधानमन्त्री भट्टराईले यसको जसअपजस सम्बन्धित सबैले लिनुपर्नेसमेत बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत् भट्टराईले आफू प्रधानमन्त्री हुँदा घोषित १७ राष्ट्रिय गौरवका आयोजनामध्ये अझै १६ वटाको काम सकिन बाँकी रहेको स्मरण गराएका छन्।

aawash steels

‘अन्तत : मेलम्चीको पानी काठमाडौंका धारामा झर्नु खुशीको कुरा हो,’ भट्टराई ट्वीटरमा लेखेका छन्, ‘पचास वर्षदेखिको सपना, २० वर्षको उतारचढाव र रू ३० अर्ब खर्चपछि आयोजना पूरा हुँदा सम्बन्धित सबैले जसअपजस पाउने नै छन्। त्यसमा माथापच्ची नगरौं मेरो पालामा घोषित १७ राष्ट्रिय गौरवका परियोजनामध्ये अझै १६ वटा बाँकी छन्। ती पूरा गरौं, अनि हाँसौँ !’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…