नुवाकोटको सिसडोल ल्याण्डफिल्डमा फोहोर मैला विसर्जन गर्न अवरोध

नुवाकोट, चैत्र १५ ।नुवाकोटको ओखरपौवा स्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन्।

काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर विसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन्। फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर विसर्जन गर्न दिएका छैनन्।

उनीहरुले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म सिसडोल साइटमा फोहोर बोकेका गाडी प्रवेश गर्न नदिने बताएका हुन्।

aawash steels

विरोध प्रदर्शनमा उपस्थित भएका नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंले यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म फोहोर विसर्जन गर्न नदिने बताए।

फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिका अध्यक्ष अनिश शर्मा ढुंगानाले आफूहरुको माग एक दुई दिनमा पुरा नभए सबै विद्यालयका विद्यार्थीलाई सडकमै ल्याएर पढाउने चेतावनी दिए।

विरोध प्रदर्शनमा उपस्थित रहेका ककनी गाउँपालिका वडा नं. २ का अध्यक्ष केदार पौडेल, वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर बलामी, फोहोर मैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगाना र स्थानीयहरुले ३ वर्षका लागि फोहोर व्यवस्थापन गर्न भएको सम्झौताको कार्यान्वयन १५ वर्ष भइसक्दा समेत पुरा नभएको बताएका छन्।

अव्यवस्थित फोहोर विसर्जन हुँदा वातावरणमा प्रभाव परेको, स्वास्थ्यमा प्रतिकुल असर परेको, सम्झौताहरु कार्यान्वयन नभएको र आफूहरुलाई राज्यले नागरिकको दर्जा समेत नदिएको गुनासो पनि प्रदर्शनकारीहरुको छ।

सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने लगायतका सम्झौतहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग प्रदर्शनकारीहरुको छ।

सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको पनि उनीहरुले बताएका छन्। नुवाकोट ककनी गाउँपालिका वडा नं. १, २ र ३ का १६ वटा विद्यालयहरुमा आवश्यक तहगत र विषयगत शिक्षक दरबन्दि पुरा नगरेसम्म फोहोर मैला व्यवस्थापन गर्ने कार्य चैत १३ गते देखि पूर्णरुपमा बन्द गरिएको संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयर माथि मुक्का प्रहार

बुटवल, असोज ४ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले…

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…