अस्ट्रेलिया NANT को आयोजनामा होलि पर्व रमाइलो गर्दै मनाइयो

नेपालमा वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ्ग खेली मनाउने प्राचीन परम्परा छ । यसै क्रममा अस्ट्रेलियाको डार्विन शहरमा  Nepalese Association of Northern Territory (NANT) ले यही शनिवार, २७ मार्चमा होली पर्वको आयोजना गरेको छ जसमा यहा बस्ने अधिकांस नेपालीको उपस्थिति रहेको थियो।

कोरनाको माहामारिले गर्दा २०२० मा होलि पर्व सबै संगै भएर मनाउन नपाएकोले पनि यस बर्ष अझ धेरै रमाइलो भएको  र यो पर्वमा पहिलेको तुलनामा धेरै नेपाली  संगै यहाका स्थानीय (बिदेशी ) साथीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। एक आपसमा रंग लगाएर ठुला बाट आर्शिवाद लिदै यो पर्व हर्ष र उल्लाशका साथ रमाइलो गरेको देखेर कार्यक्रम सफल भयको जानकारी दिय Nant अध्यक्ष युवराज पन्त।

डार्विनमा लामो समय देखि बस्दै आयका आभिभावक साथै  KBA Global का डाइरेक्टर शम्भु कंडेल भन्छन, निकै ब्वास्थित तरिकाले आयोजना गरिएको यो कार्यक्रम निकै रमाइलो संग संम्पन्न भयो। होलिको मात्र नभई अब नेपालीले आयोजना गर्ने हरेक कार्यक्रममा येस्तै नेपालीको भरपुर उपस्थिति होस् भन्ने शुभकामना दिन चाहन्छु।

aawash steels

कार्यक्रममा उपस्थित जन सम्पर्क समिति नर्दन टेरोट्रीका सभापति सबिन बरालले, जति युवा वर्गको यो पर्वमा बाक्लो उपस्थित भयो त्यति मात्रामा यहाका पुराना डार्विनबाशी र अग्रज वर्गको उपस्थिति पातलो रहेको जानकारी दिय। आउदा हरेक कार्यक्रममा हरेक बर्गका नेपालीले आफ्नो चाड- पर्वको पर्वधन गर्न आफ्नो ठाउबाट सक्दो सहयोग गर्नु पर्ने र बिशेष नेपाली समुदाय सस्थाले आयोजना गरेको कार्यक्रममा उपस्थित भइ सहयोग गर्न पनि आग्रह गरे।

ठमेल नाइट्सका डिजेले उक्त फ्लोरलाइ संगीतमय बनाएका थिय भने खानामा पानीपुरी र मोमोले नेपाली समुदायको ध्यान तान्न सफल भएको थियो।  कार्यक्रममा ५०० जना भन्दा बढीको उपस्थिति रहेको जानकारी NANT उपाध्यक्ष राजीव थापाले दिय साथै सम्पूर्ण नेपाली संगै यस कार्यक्रमको शोभा बढाउँन उपस्थित सबैलाई NANT परिवारको तर्फबाट धन्यबाद संगै होलीको शुभकामना पनि ब्क्त गरे।  

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयर माथि मुक्का प्रहार

बुटवल, असोज ४ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले…

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…