नेपाल दूरसञ्चार कम्पनीको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, चैत्र १५ ।नेपाल दूरसञ्चार कम्पनीको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपियाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले पारित गरेको लाभांश शुक्रबारदेखि शेयरधनीको खातामा पठाउन शुरू गरिएको कम्पनीले जनाएको छ।

उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । त्यस्तै साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७७/७८ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउटेन्ट प्रकाशजंग थापा र पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी जम्मा १२ करोड योगदान गरेको छ । यसका साथै आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैरकर वापत सरकारी राजस्वमा ३५ अर्ब ५ करोड बुझाउन कम्पनी सफल भएको छ ।आव २०७६-७७ को अन्त्सम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब २ करोड पुगेको छ । त्यस्तै इन्टरनेट सेवाको ग्राहक आधार ९ दशमलव ९३ प्रतिशतले वृद्धि भई करिब १ करोड ५० लाख पुगेको छ ।

aawash steels

कम्पनीको भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः ५२ दशमलव ६९ र ४८ दशमलव ६८ प्रतिशत पुगेको छ । आव २०७६/७७ मा कुल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब ९९ करोड र ९ अर्ब ७५ करोड रहेको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…