आजदेखि मेलम्चीको पानी काठमाडौंका धारामा

काठमाडौं, चैत १५। मेलम्चीको पानी पिउने उपत्यकावासीको २७ वर्षदेखिको सपना आज (आइतबार) पूरा हुँदैछ । बहुप्रतिक्षित मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका घरघरका धारामा वितरण गर्न लागिएको हो ।

गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज (आइतबार) काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो । पहिलो दिन आज चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिएका छन् ।

aawash steels

उपत्यकाका तीन वटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाका पनि सीमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ । काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ । केयुकेयलबाट वर्षातको समयमा दैनिक करिब १७ करोड लिटर र सुख्खा याममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ ।

super kinetic courier

खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुनेछ । आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…