काठमाडौं उपत्यकामा बढ्यो प्रदुषण , तुँवालो अझै केही दिन रहने

काठमाडौं, चैत्र १४ ।शुक्रबार बिहानदेखि दिउँसो १ बजेसम्म घाम लागिरहेकै थियो। तर त्यसपछि भने विस्तारै आकाश धुम्म हुनथाल्यो। दुई बजेपछि त तुँवालोले आकाश भरियो।

एकाएक तुँवालोले ढाक्दा मानिसहरुले आँखा पिरो भएको महशुस गरे। त्यतिमात्र होइन, त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम हुँदा विमानहरु अवतरण नै गर्न सकेनन्।

काठमाडौं

दिउँसो २ देखि ५ बजेसम्म यस्तो समस्या देखिए पनि अहिले भने भिजिबिलिटी बढेको विमानस्थलले जनाएको छ।

aawash steels

यस्तो छ कारण
विभिन्न तीन जिल्लामा लागेको डढेलोका कारण शुक्रबार दिउँसो काठमाडौं उपत्यकाको मौसम धुम्म देखिएको थाहा भएको छ।

मौसम पूर्वानुमान विभागका जुनिएर मौसमविद् अमरकृष्ण दासीका अनुसार चितवन, पर्सा र मकवानपुरमा लागेको डढेलाका कारण काठमाडौंको मौसम धुम्म देखिएको हो।

 

‘अहिले काठमाडौंमा अचानक बढी धुम्म भयो र भिजिबिलिटी पनि हजार मिटरमात्रै भयो’, दासीले  भने, ‘काठमाडौं वरपरका तीन जिल्लामा डढेलो लागेका कारण यस्तो भएको हो। त्यसमा वातावरणमा भएको धूलो मिसिँदा काठमाडौं धुम्मिएको हो।’

उनका अनुसार तत्काल पानी पर्ने अवस्था नभएकाले मौसममा सुधार आउन केही समय लाग्नेछ। डढेलो कति उग्र छ र त्यो कहिले नियन्त्रणमा आउँछ भन्ने कुराले असर गर्ने उनले बताए।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…