भारतमा एकै दिन ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

 भारतमा दोस्रो लहरअन्तर्गत कोरोना संक्रमण तीव्र भइरहेको छ । कोरोना खोप अभियानलाई भारत सरकारले तीव्रता दिए पनि कोरोना संक्रमण भने कम भएको छैन । शुक्रबार भारतमा ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

५ महिनापछि भारतमा एकैदिन यो संख्यामा संक्रमण देखिएको हो । पछिल्ला १५ दिनमा भारतमा संक्रमण निकै तीव्र बनेको छ । शुक्रबार मात्रै भारतमा ३२ हजार सक्रिय केस थपिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले थप २८९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

aawash steels

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९ सय नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजारभन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये १ करोडभन्दा बढी निको भएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढीले कोरोना खोप लगाइसकेका छन् । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनिरहेकै बेला नयाँ प्रकारको भाइरसको त्रास थपिएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पहिलो पटक कोरोना भाइरसको थप परिवर्तित ‘डबल म्युटेन्ट’ भाइरस भेटिएको जनाएको छ ।

super kinetic courier

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न १८ राज्यमा गरिएको नमुना परीक्षणमा कोरोनाको नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ जीवाणु फेला परेको जनाएको हो । त्यसैगरी, यसअघि नै पुष्टि भएका कोरोनाका नयाँ प्रकारका जीवाणुहरू पनि पर्याप्त संख्यामा भेटिएका मन्त्रालयले उल्लेख गरेको छ । एजेन्सी

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…