काठमाडौंका धारामा वितरण गर्नुअघि मेलम्चीको पानी धोबीखोलामा खसाल्ने

काठमाडौं, चैत्र १४ ।काठमाडौंका धारामा वितरण गर्नुअघि मेलम्चीको पानी धोबीखोलामा खसालिएको छ।

मेलम्चीको पानीलाई थोक वितरण प्रणालीको पाइपलाइन फ्लस गर्दै शुक्रबार चाबहिलनजिकैको धोबीखोलामा खसालिएको हो। योसँगै धोबीखोलामा सङ्लो पानी बगेको छ।

आइतबारदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीका घरघरका धारामा वितरण गर्ने तयारी छ।

aawash steels

मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

‘आइतबार र सोमबार दैनिक ४ करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ,’ सचिव बेल्बासेले जानकारी दिएका छन् ‘आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ।’

super kinetic courier

पूर्ण क्षमतामा सञ्चालन हुँदा मेलम्चीको पानी दैनिक १७ करोड लिटरभन्दा धेरै वितरण हुने खानेपानी मन्त्रालयले जनाएको छ।

मेलम्चीको पानी चाबहिलनजिक धोबीखोलामा खसालिएको दृश्य 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता, दुवै हर्षित

काठमाडौं, वैशाख ९ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ। काठमाडौंस्थित होटेल मेरियटमा डेढ घण्टा भएको छलफल…