संक्रमण तीव्र भएसंगै उपत्यकाको सार्वजनिक यातायातमा कडाई गर्ने निर्णय

चैत १३, काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड संक्रमण जोखिम फेरि बढ्न सक्ने देखिएपछि समयमै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ ।

आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो ।

aawash steels

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको बताए । सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रुहरु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुन पानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताए । सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए ।

कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयर माथि मुक्का प्रहार

बुटवल, असोज ४ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले…

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…