संक्रमण बढेको ठाउँमा मात्र लकडाउन हुनसक्ने :डा. रवीन्द्र पाण्डे

काठमाडौं, चैत्र १३ ।नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउने र लकडाउन हुन सक्ने हल्ला चलिरहेका बेला जनस्वाथ्यविद् डा. रवीन्द्र पाण्डेले आफ्ना सल्लाह/सुझाव सार्वजनिक गरेका छन्।

महामारीको दोस्रो लहर, लकडाउन तथा खोपलगायत कोरोनासँग सम्बन्धित विभिन्न जिज्ञासाबारे डा. पाण्डेले यसो भनेका छन् :

महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा
१. लकडाउनबारे
-लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ। यो सही हैन। सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन। संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुन सक्छ। पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन। हामीले जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउँदैन।

aawash steels

२. खोपबारे
-यही सोमबार चीनबाट ८ लाख डोज खोप आउँदै छ। त्यसले करिब ४ लाख जोखिम वर्गलाई खोप पुग्छ। भारतले अप्रिलमा १० लाख डोज  (नेपालले किनेको बाँकी) दिने बताएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। यो खोपका कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्छ्।

३. दोस्रो मात्राबारे
-दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो, त्यही कम्पनीको लगाउनुपर्छ। कारणवश दोस्रो मात्रा खोप लगाउन नपाए पनि पहिलो खोपको प्रभाकरिता न्यूनतम ६४.१ प्रतिशत हुने एस्ट्रेजेनेकाले बताएको छ। दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०.४ प्रतिशत हुन्छ।

super kinetic courier

-बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धानअनुसार ९– १२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० प्रतिशतले कम हुन्छ।

४. खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन?

खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ। उक्त व्यक्तिले आफू क्यारियर बनेर अरुलाई संक्रमण सार्न पनि सक्छ। फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर हुँदैनन्। खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबोडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्छ।
खोप लगाएका व्यक्तिलाई कोरोना पोजिटिभ हुन सक्छ। यो बुझ्नु र बुझाउनु जरुरी छ।

५. दोस्रो लहरको क्षति अनुमान
दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुँदैन। त्यो बेला हामीसँग साधन (मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसेभिरलगायत औषधि) को अभाव थियो। अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन्। आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएको छ। खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रत्यक्ष छ। मास्कलगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ। खोप आइरहनेछ। तसर्थ क्षति निकै कम हुन्छ।

महामारी तथा प्राकृतिक विपत्तिको बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तव्य हो भने जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व हो। कर्तव्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न हुँदैन।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…