एमाले संसदीय दलको बैठक आज

काठमाडौं, चैत १३ । नेकपा एमालेभित्रको विवाद विभाजनतर्फ अघि बढिरहेका बेला आज (शुक्रबार) एमाले संसदीय दलको बैठक बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ ।

यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू यस पटकको संसदीय दलको बैठकमा सहभागी हुने बताए पनि अन्तिम टुङ्गो भने लगाइसकेका छैनन् । यद्यपि प्रमुख सचेतक विशाल भट्टराईले भने एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बोलाइएको बताएका छन् । सर्वोच्च अदालतले एमाले व्यूंत्याएपछि संसदीय दलको बैठक तीन पटक बसे पनि नेपाल पक्ष सहभागी भएको छैन ।

aawash steels

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा समूहले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतालाई स्पष्टीकरण सोधेपछि एमालेभित्रको विवाद नयाँ मोडमा धकेलिएको छ । ओलीले सोधेको स्पष्टीकरणमा वरिष्ठ नेता नेपालले प्रतिप्रश्नसहितको जवाफ पठाएका छन् । नेता नेपालको प्रतिप्रश्नसहितको जवाफले अध्यक्ष ओली थप असन्तुष्ट बनेको स्रोतले बताएको छ । उनी थप कारबाही बढाउने मुडमा रहेको ओली निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…