आज नेप्से २१.२९ अंकले ओरालो

काठमाडौं, चैत्र १२ ।साताको अन्तिम कारोबार दिन बजार परिसूचक नेप्से २१.२९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ५.६४ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको साढे ६ अर्बको कारोबार भएको हो। दिनभरिमा ७४ हजार ६ सय ५८ पटक किनबेच भएको छ। सो क्रममा १ करोड २५ लाख कित्ता सेयर बिक्री भएको छ।

आज व्यापार, होटल तथा पर्यटन र लगानी समूहको बाहेक सबैको सूचक राताम्य भएका छन्।

aawash steels

सर्वाधिक कारोबारमा आज पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ। आज बैंकको ८९ करोडको सेयर कारोबार भएको हो।

त्यस्तै माथिल्लो तामाकोशीको २६ करोडको, सिद्धार्थ इन्स्योरेन्सको २३ करोडको, एनबी बैंकको २२ करोडको, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोडको कारोबार भएको छ।

super kinetic courier

कमाउनेमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ता छन्। कम्पनीको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ७९ रुपैयाँ पुगेको छ। यसबाहेक सपोर्ट लघुवित्त र वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले पनि कमाएका छन्।

गुमाउनेमा भने आज नेपाल बंगलादेश बैंक (एनबी)का लगानीकर्ता छन्। उनीहरुले ६.१४ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…