भागरथी घटनाका अभियुक्त दिनेश भट्ट र भागरथीको डीएनए मिल्यो

बैतडी, चैत्र १२ ।बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी भागरथी भट्टको घटनाका मुख्य अभियुक्त दिनेश भट्टको डीएनए मिलेको छ।

भागरथीको शरीरबाट निकालिएको स्वाबसँग दिनेशको डीएनए रिपोर्ट मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश सिंहले पुष्टि गरे।

‘दिनेशको डीएनए रिपोर्ट आज प्राप्त भएको छ। उनको रिपोर्ट भागरथीको शरीरबाट निकालिएको स्वाबसँग मिलेको छ’, एसएसपी सिंहले भने।

aawash steels

गत २१ माघमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथीको विद्यालयबाट घर फर्किने क्रममा बलात्कारपछि हत्या गरिएको थियो। उनको अर्को दिन घर नजिकैको स्थानीय लबलेक सामुदायिक वनमा शव भेटिएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले ५ फागुनमा भागरथीका छिमेकी तथा उनकै विद्यालयको कक्षा ११ मा पढ्ने दिनेशलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। उनले प्रहरी, परिवारका सदस्य, सरकारी वकिल, अदालतमा अपराध स्वीकारेका थिए।

super kinetic courier

त्यसपछि जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएपछि अभियुक्त दिनेशलाई २६ फागुनमा डोटी पु¥याइएको थियो।

यद्यपि बाल सुधार गृहमा रहेका दिनेशले केही दिनअगाडि अपराध इन्कार्दै बुवा र भाइलाई मार्ने धम्की दिएपछि आफूले अपराध स्वीकारेको अभिव्यक्ति दिएका थिए। भागरथीको बलात्कार र हत्यामा आफ्नो संलग्नता नरहेको बताउँदै दिनेशले अन्य दुई जनामाथि आरोप लगाएका थिए। त्यसबारे अहिले थप अनुसन्धान भने भएको छैन।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…

एनआईसी एशिया बैंकका सिईओ ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित

काठमाडौं, चैत्र २८ ।एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित भएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित…