यो शताब्दीको अन्तसम्ममा गर्मी ६ महिना लामो हुने: मानव सभ्यतामा असर

काठमाडौं, चैत्र १२ ।यो शताब्दीको अन्तसम्ममा गर्मी मौसम ६ महिना लामो हुने र त्यसले मानव सभ्यतामा गम्भीर असर पार्ने चीनको नयाँ अध्ययनले जनाएको छ।

जियोफिजिकल रिसर्च लेटरमा प्रकाशित चीनका दर्जनौं विश्व विद्यालय, विज्ञान संस्थानले मिलेर गरेको अध्ययनमा गएको ६० वर्षको अवधिमा गर्मी याम १७ दिनले बढेको पनि उल्लेख छ।

जलवायु परिवर्तनका समस्यालाई रोक्ने प्रयास नगरिए यसले पृथ्वीमा घातक असर देखाउने अध्ययनको निष्कर्ष छ।

aawash steels

अध्ययनका प्रमुख अनुसन्धानकर्ता युपिङ गुआन भन्छन्,‘बढ्दो जलवायु परिवर्तनको समस्याका कारण अहिले गर्मी याम बढेको छ र जाडो महिनाको अवधि घटेको छ।’

उनका अनुसार गर्मी याम लामो भयो भन्दा मानिसहरुलाई रमाइलो लाग्नसक्छ किनभने उनीहरु लामो समयका लागि बाहिर घुम्न जान पाउँछन्।

तर यसले पृथ्वीको वातावरण, कृषि तथा मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउने उनको भनाइ छ।

यदी गर्मी मौसमको अवधि बढ्यो भने लामखुट्टेबाट सर्ने रोगको प्रकोप विश्वभर बढ्ने, एलर्जीका समस्या निम्तने र कृषि उत्पादन ढिला फल्ने विज्ञहरुको भनाइ छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…