संक्रमितहरु ह्वात्तै बढ्न थालेपछि भारतले कोरोना खोप निर्यातमा लगायो प्रतिबन्ध

काठमाडौँ, १२ चैत । भारतले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । पुनः कोरोना भाइरसका संक्रमितहरु ह्वात्तै बढ्न थालेपछि भारतीय विदेश मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) निर्यातमा प्रतिबन्ध लगाइएको हो ।

अक्सफोर्ड(एस्ट्राजेनेकाद्वारा विकसित एवं भारतमा उत्पादित कोभिशिल्ड नामक खोप निर्यातमा भारत सरकारले रोक लगाएको बताइएको छ । यसअघि नेपालमा अग्रपंक्तिमा रहेर काम गर्नेहरु र उच्च जोखिम समूहलाई दिइएको खोप सोही कोभिशिल्ड हो । तर भारतले खोप निर्यातमा रोक लगाएपछि भने नेपालमा यसअघि खोप लगाएहरुले पनि दोस्रो डोज खोप नपाउने चिन्ता बढेको छ ।

भारतीय विदेश मन्त्रालयले भारतमै कोरोना संक्रमितहरु पुनः बढिरहेकाले तत्काललाई खोप निर्यातमा प्रतिबन्ध लगाइएको हो । यस महिना भारतमा कोरोनाको नयाँ लहर शुरू भएर संक्रमितहरु दैनिक रुपमा बढिरहेका छन् । हाल त्यहाँ दिनहुँ ५० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् ।

बिबिसी हिन्दीका अनुसार अहिले भारतमै कोरोना खोपको उच्च माग छ । सो माग धान्नकै लागि भए पनि कम्तीमा अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्याक्सिन निर्यात गर्नेछैन ।

भारतले खोप निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने नेपाल लगायत १९० देशमा असर पर्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्यअनुसारअहिलेसम्म ७६ देशमा करिब ६ करोड डोज भ्याक्सिन भारतमार्फत नै पठाइएको छ । नेपालमा पनि भारतको अनुदानमा १० लाख खोप र कोभ्याक्स योजनाअन्तरगत ३ लाख खोप यसअघि प्राप्त भइसकेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…