‘नमस्ते पे’ अहिलेसम्मकै सबैभन्दा ठूलाे भुक्तानी सेवा प्रदायक बन्ने

काठमाडौं,चैत्र ११ ।’नमस्ते पे’ अहिलेसम्मकै सबैभन्दा ठूलाे भुक्तानी सेवा प्रदायक (पीएसपी) बन्ने भएको छ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा याे पीएसपी सञ्चालनमा ल्याउन लागिएको हाे।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर सञ्चालन गर्न लागिएको ‘नमस्ते पे’को चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो कम्पनी हुनेछ।

aawash steels

नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। यही चैत ३ गते राष्ट्र बैंकबाट ‘नमस्ते पे’ले स्वीकृत पाएको थियो।

चुक्ता पुँजीका आधारमा हेर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त २७ वटा भुक्तानी सेवा प्रदायकमा सबैभन्दा ठूला नमस्ते पे बनेको छ।

super kinetic courier

नमस्ते पेपछि सबैभन्दा धेरै चुक्ता पुँजी आईएमई पे र प्रभु पेको दश करोड रहेको छ। अग्रणी भुक्तानी सेवा इ–सेवाको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ।

मोबाइल वालेट सञ्चालनको निम्ति कम्तीमा एक करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ।

नेपाल राष्ट्र बैंकले यही चैत ५ गतेसम्म २७ वटा भुक्तानी सेवा प्रदायकलाई स्वीकृति दिएको छ। चैत महिनामा मात्रै नमस्ते पेसँगै, छिटो पैसा, एन क्यास र आइ क्यासले स्वीकृति पाएका छन्।

भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)को संख्या १० पुगेको छ। पछिल्लो पटक चैत ३ गते गेटवे पेमेन्ट सर्भिसले अनुमतिपत्र प्राप्त गरेको थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…

नेपालमा थप एक हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं , वैशाख ६ ।थप एक हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ८५ हजार…