
काठमाडौं, चैत्र ११ ।आज दिउँसो तथा राति देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा आज दिउँसो हल्का वर्षाको सम्भावना देखिएको हो। यस्तै बाँकी प्रदेशका पनि पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।
यसैगरी राति पनि पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन÷चट्या्ङसहित हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाले आज (बुधबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
भनिएको छ : गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।