दुई किशोरीलाई बन्धक बनाएर नौ दिनसम्म बलात्कार गरेको आरोपमा २ पक्राउ

रुकुम, चैत्र ११ ।रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा दुई किशोरीलाई बन्धक बनाएर नौ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक युवा र एक किशोरलाई पक्राउ गरेको छ।

भूमे गाउँपालिकाका १४ र १५ वर्षीया दुई किशोरीलाई सदरमुकाममा रहेको जिल्ला अस्पतालको पुरानो भवनको कोठामा नौ दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको प्रहरीले जनाएको छ।

स्थानीय विद्यालय कक्षा ८ मा अध्ययनरत १४ र १५ वर्षीया किशोरीलाई चैत १ गतेदेखि ९ गतेसम्म बन्धक बनाएर बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक मानबहादुर बुढाथोकीले जानकारी दिए।

aawash steels

पक्राउ परेका युवा २३ र किशोर १४ वर्षका छन्। उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार बन्धक बनाएपछि हरेक दिन बिहान दिसापिसाबका लागि किशोरीहरुलाई बाहिर लैजाने थियो। दिसापिसावपछि फेरि कोठामा लगेर थुन्ने गरिएको थियो। हल्ला गरे, चिच्याए, कराए मार्ने धम्की दिँदै किशोरीहरुलाई बलात्कार गरिएको प्रहरीले जनाएको छ।

super kinetic courier

पक्राउ परेका युवालाई जिल्ला अदालतबाट १० दिनको म्याद लिएर कारबाही अघि बढाइएको बुढाथोकीले जानकारी दिए। किशोरलाई भने ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बुढाथोकीले बताए। हाल प्रहरीको संरक्षणमा रहेका किशोरीलाई अभिभावको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…