
दोलखा, चैत्र १० । भीमेश्वर रंगशाला निर्माणका क्रममा अण्डरग्राउण्ड केवलमा क्षति पुगेपछि ल्याण्डलाइन टेलिफोन सहित एडिएसएल इन्टरनेटको सेवा अवरुद्ध भएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोटमा भीमेश्वर रंगशाला निर्माणधिन अवस्थामा छ ।
रंगशाला निर्माणकै क्रममा सडकको सतह मिलाउँदा नेपाल टेलिकम दोलखाले विस्तार गरेको अण्डरग्राउण्ड केवलमा क्षति गरे पछि ल्याण्डलाइन टेलिफोन र एडिएसएल इन्टरनेटको सेवा अवरुद्ध छ ।
टुँडिखेल मुनि बनाइएको म्यानहोलमै क्षति पुग्दा सदरमुकाम चरिकोटको सात सय ल्याण्डलाइन फोन सेवा अवरुद्ध भएको छ भने पाँच सय एडिएसएल र सात वटा बैँकको लिज लाईन सेवा अवरुद्ध भएको हो ।
सेवा सञ्चालनका लागी १ सय ५० मिटर लम्बाईको ६ वटा तार तार तान्ने काम भईरहेकाले बिहिबारसम्म सबै सेवा सञ्चालन हुने नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीले बताउनुभयो ।