सिंगटी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौँ ,चैत १० | सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र १० गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि  एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो ।

जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।  बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।   आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ ।

aawash steels

कम्पनीको आइपिओमा सोमबार (तेस्रो दिन)सम्म ७ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा सोमबार बेलुका ६ बजेसम्ममा १२ लाख ४४ हजार १ सय २८ जना आवेदकले १ करोड ९३ लाख ७१ हजार १ सय कित्ताको लागि आवेदन परेको छ ।  यो माग भन्दा ७.१८ गुणा बढी हो ।

शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि  आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…