माओवादी केन्द्रको स्थायी समिति बैठक बिहान सिंहदरबारमा बस्दै

काठमाडौं, चैत्र १० ।नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान सिंहदरबारमा बस्दै छ। पछिल्लो राजनीतिक अवस्था र सांगठनिक संरचनाबारे छलफल गर्न माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको हो।

बैठकको लागि नेताहरु सिंहदरबार पुग्ने क्रम सुरु भएको छ। आफूहरु बिहान ८ बजे नै पार्टी संसदीय दलको कार्यालय सिंहदरबार आइपुगेको नेता लीलामणि पोख्रेलले जानकारी दिए। ‘बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको हो, साथीहरु आउँदै हुनुहुन्छ,’ स्थायी समिति सदस्य पोख्रेलले बिहान पौने नौ बजे भने, ‘बैठकको एजेन्डा अहिले खुलाइएको छैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राखेको माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन यसअघि नै अल्टिमेटम दिइसकेको छ।

aawash steels

पार्टी छाडेर एमालेतिर लागेका नेताहरुलाई माओवादी केन्द्रले स्पष्टीकरण पनि सोधेको तर, अहिलेसम्म कसैले स्पष्टीकरण दिएका छैनन्। उनीहरु माओवादी केन्द्रमा पनि फर्किएका छैनन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…